पार्टीको पैसा चोरेर डाक्टर जस्तो मान्छेले इज्जत फाले: महेश बस्नेत
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले भीम रावललाई संगठनको पैसा चोरेको आरोप लगाएका छन् । बस्नेतले पीएचडीको मान राखेर काम गर्न समेत आग्रह गरे ।
युवा संघ बागमतीले गरेको कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले पार्टी र संगठनको पैसा नचोर्न आग्रह गरेका हुन् ।
पहिलो प्रधानमन्त्री केपी शर्मा ओलीको मातहतमा रहँदा बौद्धिक बनेका र पिएचडीसमेत गरेका रावत पुष्पकमल दाहालको नेतृत्वमा जानासाथ चोरी चकारीमा लागेको भन्दै संगठनको पैसा हिनामिनामा नलाग्न बस्नेतले चेतावनीसमेत दिए ।
संगतअनुसारनै व्यक्तिको व्यवहार हुने भन्दै नेता बस्नेतले सबै युवाहरु र पूर्वएमालेहरु ओली नेतृत्वको नेकपाको मुल प्रवाहमा समेटिनुपर्नेमा बस्नेताको जोड थियो ।