युवा व्यवसायी महेश पन्थी नेकपा (एस)को प्रदेश कमिटीमा - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

युवा व्यवसायी महेश पन्थी नेकपा (एस)को प्रदेश कमिटीमा



बुटवल- युवा व्यवसायी महेश पन्थी नेकपा एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटीमा चयन भएका छन् । अर्घाखाँची घर भई हाल रुपन्देहीमा व्यवसाय गरिरहेका पन्थी मेटमणि चौधरीको नेतृत्वमा बनेको प्रदेश कमिटीमा चयन बहेका हुन् ।

लामो समयदेखि विभिन्न व्यवसायमा आवद्द रहेका उनी अहिले भने सक्रिय राजनीतिमा लागेका छन् । उनी विद्यार्थी कालमा केहि समय सक्रिय राजनीति गरेका थिए । पछि व्यवसायमा लागेका पन्थीले नेकपा एकीकृत समाजवादी पार्टी गठन भएलगत्तै सक्रिय बनेका छन् ।

विद्यार्थी कालमा माओवादी केन्द्रको राजनीति गरेका पन्थी संकटकालमा पक्राउ समेत परेका थिए । यसअघि सक्रिय राजनीतिमा लाग्ने मूड बनेपनि दलहरूको चरित्र राम्रो नलागेको उनले बताउने गरेका छन् ।

पन्थीका अनुसार पहिले पनि विभिन्न पार्टीमा लाग्न उनलाई अफर आउने गरेको थियो । उनले अब समाजवादी पार्टीलाई देशकै ठुलो पार्टी बनाउन आफूले सकेको योगदान गर्ने समेत बताएका छन् ।