खेल हामीले नै जित्छौँ: महेश बस्नेत - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

खेल हामीले नै जित्छौँ: महेश बस्नेत



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको निर्णय विवादित रहेको भए पनि आफूहरूले त्यसलाई स्वीकार गर्ने बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अदालतले संसद् पुनःस्थापना गर्ने निर्णय गरेको छ। त्यो विवादित फैसला हो। यो जनाको पक्षमा छैन।’

अदालत जस्तो सुकै गरेको भए पनि त्यो फैसला स्वीकार गर्ने बताए। ‘तत्कालका लागि अदालतले ओलीलाई हराएको र प्रचण्ड–माधव पक्षले जिताएजस्तो देखिएको छ। तर, त्यो क्षणिक मात्रै हो’ उनले भने, ‘त्यो सबै निर्णय अब जनताले गर्छ।’

अदालतको फैसलाविपरीत ५ लाख युवा सडकमा उतारेर प्रचण्ड–माधव नेपालको विजय जुलुस बिथोल्न सक्ने दाबी गरे। तर, अदालतको फैसलाको सम्मानका लागि आफूहरूले उनीहरूको विजय जुलुसमा बाधा नपुर्‍याउने पनि प्रस्ट पारे।

त्यसक्रममा उनले केपी ओलीले सबैतिर सेटिङ गरेको भनेर नेपालका मूलधारका मिडियाले समेत लेखेको भनेर आक्रोश पनि पोखे। ‘सर्वोच्चको फैसलालाई स्वीकार गर्दा पनि हामीमाथि प्रहार भएको छ, लोकतन्त्रको पक्षमा छौँ। प्रचण्ड माधवको अहिलेको विजय भनेको घाम छाया मात्रै हो’ उनले भने, ‘त्यो जनताले बुझ्नुपर्छ।’

उनले नेपालको संसद् पुनःस्थापना हुँदा हिन्दी भाषामा माधव नेपालले बधाई लिइरहेको कुराले अर्काे अर्थ राख्ने तर्क गरे। प्रधानमन्त्रीको पक्षमा फैसला आएको भए ओलीको सेटिङ फैसला भएको आरोप लाग्ने सुनाए।

प्रधानमन्त्री ओलीलाई हटाएर विदेशी सहारामा प्रचण्ड–माधव प्रधानमन्त्री खोज्न सबैतिर धाउने दाबी गरे। कम्युनिस्ट पार्टीलाई प्रचण्ड–माधवले ध्वस्त पारेको बताए। केपी ओलीलाई अविश्वासको प्रस्ताव लानका लागि पार्टी विभाजन गरेको आरोप लगाए।