महेश बस्नेतले भने: हामी प्रतिपक्षमा बस्न तयार छौँ - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

महेश बस्नेतले भने: हामी प्रतिपक्षमा बस्न तयार छौँ



काठमाडौं- प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेकपा (एमाले) प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ५ः०० बजेसम्म संसद्मा बहुमत पुर्याउन सक्ने कुनै पनि दललाई प्रधानमन्त्रीको दाबी गर्न आह्वान गरेपछि बस्नेतले सो प्रतिक्रिया दिएका हुन्।

कांग्रेस, माओवादीलगायतका दलले बहुमत पुर्याए एमाले प्रतिपक्षमा बस्न कुनै समस्या नहुने भन्दै सांसद बस्नेततले ओली नेतृत्व सरकारको विरुद्धमा मरिहत्ते गरेर लाग्ने पार्टीलाई विभाजन, फ्लोर क्रस, पार्टीको ह्विपविरुद्ध मतदान गर्ने तथा गर्न लगाउनेजस्ता गैरलोकतान्त्रिक गतिविधिको नेतृत्व कांग्रेस र माओवादीले गरेको आरोप लगाए।

एमालेका केन्द्रीय सदस्यसमेत रहेका सांसद बस्नेतले राष्ट्रपति र प्रधानमन्त्रीलाई विभिन्न आक्षेप तथा भ्रमपूर्ण टिप्पणी गर्नुभन्दा बहुमत सिद्ध गर्दै सरकारको नेतृत्व गर्न विपक्षी दललाई आग्रह गरे।