नेकपाका सांसद महेश बस्नेतले भने प्रकाण्ड आतंकवादी हुन् - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

नेकपाका सांसद महेश बस्नेतले भने प्रकाण्ड आतंकवादी हुन्



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सत्तारुढ दल नेकपाका सांसद महेश बस्नेतले आतंकवादीको आरोप लगाएका छन् ।

मंगलबारको संसद बैठकमा बोल्दै सांसद बस्नेतले प्रकाण्डलाई राजनीतिको आवरणमा आतंकवादी र लुटपाट गरेको आरोप लगाएका हुन् ।

प्रकाण्डको पक्राउ र रिहाको विषयमा उनले अदालत, मानवअधिकार आयोग र मानवअधिकारवादी सुदीप पाठकसँग समेत असहमति जनाए ।

राजनीतिक आवरणमा आतंकवादी र लुटपाटको गतिविधि गर्ने व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेर अदालतमा पेश गर्दा अदालतले रिहाइको आदेश दिएको भन्दै उनले भने, ‘उनी ९ बजेसम्म रजिस्ट्रारको कार्यालयमा बस्छन् । उनलाई लिन मानव अधिकार आयोगका माननीय सदस्य सुदीप पाठक आफ्नो गाडीमा लिएर जान्छन्, उसलाई कस्ले अनुमति दियो ?’

अदालतले न्याय नपाएका धेरैको मुद्दालाई स्थगनमा राखे पनि लुटपाट र आतंकवादी क्रियाकलापमा संलग्न प्रकाण्डको मुद्दालाई भने प्राथमिकता दिएको भन्दै सांसद बस्नेतले आक्रोश पोखे ।

सांसद बस्नेतले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को विषयमा आयोग र सुदीप पाठकको धारणा के हो भन्दै प्रश्न समेत गरे ।