महेश बस्नेतलाई आस्वासन मात्रै: अर्कैले पड्काए मन्त्री - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

महेश बस्नेतलाई आस्वासन मात्रै: अर्कैले पड्काए मन्त्री



काठमाडौं- विभिन्न चर्चा र बहसबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आज बिहिबार साँझ सपथ ग्रहणको तयारी समेत भैरहेको छ । यतिबेलै नयाँ मन्त्रीहरूका बारे विभिन्न टिप्पणी भैरहेका छन् ।

कतपियले मन्त्री बन्न लायक भएका नेताहरुलाई नबनाएकोमा रुष्टसमेत भएका छन्। कतिपय प्रदेश सरकारबाट कारबाहीमा परेकालाई मन्त्री बनाइएको छ भने प्रधानमन्त्री ओलीका प्रिय पात्र मानिएका र मन्त्री बन्ने पक्का बाहेक कतिपय नेताहरूले मन्त्रीमा मौका पाउन सकेका छैनन् ।

गृहमन्त्री बन्ने पक्कापक्की भएका महेश बस्नेत मन्त्रीको दौडबाट बाहिरिएका छन् । प्रधानमन्त्री ओलीले आफू निकट नेता खगराज अधिकारीलाई गृह मन्त्रालयको जिम्मेवारी दिएका छन्। यो मन्त्रालयमा महेश बस्नेतले पनि दाबी गरेका थिए। प्रधानमन्त्री ओलीलाई अफ्ठ्यारो अवस्थामा साथ् दिएका बस्नेतले पटक पटक मन्त्री बन्ने आस्वासन पाएपनि हरेक पटक अन्तिम समयमा बाहिरिने गरेका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्री बनाउने आस्वासन दिएका बस्नेत यसपटक पनि सत्तामा जान पाएनन् । ओली समुहका केहि नेताले बस्नेतमाथि अन्याय भएको समेत बताएका छन् ।

एमाले ओली समुहका युवामाझ चर्चित नेता बस्नेतलाई मन्त्री बनाउन पार्टीमा निकै दवाव थियो। त्यतिमात्र होइन उनी ओली प्रिय नेता पनि हुन्। गृह मन्त्रालयको जिम्मा महेशको सट्टा किन खगराजलाई दिइयो? यतिबेला यो एमाले ओली समुहमा चर्चा भइरहेको छ।

महेशसँगै ओलीका विश्वास पात्र गोकुल बास्कोटा पनि मन्त्रीको दौडबाट बाहिरिएका छन् । चुनावी सरकारको मन्त्री बन्ने बताइएका बास्कोटा पनि अन्तिम समयमा बाहिरिएका छन्।