निर्मला हत्याकाण्ड: महेन्द्रनगर बन्द, जनता सडकमा - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

निर्मला हत्याकाण्ड: महेन्द्रनगर बन्द, जनता सडकमा



धनगढी – बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसको भातृ सगठन नेविसंघ कञ्चनपुरले शनिबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार बन्द गराएको छ ।

आन्दोलनमा व्यापारीसँगै सर्वसाधारण समेत स्वस्फूर्त रुपमा सहभागी भएका छन्। बन्दका कारण महेन्द्रनगरको जनजीवन प्रभावित बनेको छ । शनिबार विहानैदेखि बजार, कलकारखाना बन्द छन् भने राजमार्ग क्षेत्रमा प्रदर्शन भइरहेका कारण यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । जसका कारण यात्रु महेन्द्रनगरमा अलपत्र परेका छन्।

नेविसंघले महेन्द्रनगर र राजमार्ग क्षेत्रमा टायर बाल्दै प्रदर्शन गरिरहेका कारण सुरक्षा व्यवस्था कडा पारिएको छ । सदरमुकाममा ठूलो संख्यामा प्रहरी परिचालन गरिएका छन् ।