महेन्द्र विष्टले दिए नेपाल टेलिभिजनको अध्यक्षबाट राजीनामा
काठमाडौं- नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । विष्टलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका थिए ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका विष्टले सञ्चार मन्त्रालयमा राजीनामा बुझाएका छन् । ३ वर्षे कार्यकाल पूरा गरेका विष्ट तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको पालामा ४ वर्षका लागि नियुक्त भएका थिए ।
राजनीतिक नियुक्तिको पद भएकाले आफूले नैतिक रूपमा राजीनामा दिएको उनले बताए ।पदबाट राजीनामा दिएकोमा देउवाले विष्टलाई धन्यवाद दिएका छन् ।