राजेन्द्र महतोले भने: केपी ओली प्रतिगामी हुन् - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

राजेन्द्र महतोले भने: केपी ओली प्रतिगामी हुन्



काठमाडौँ– जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगामी भनेका छन् । ओलीकै सरकारमा उपप्रधानमन्त्री बनेका महतोले ओली प्रतिगामी भएको बताएका हुन् ।

जसपाको विवादमा सनाखत गर्न निर्वाचन आयोग पुगेका नेता महतोले बाहिरिने क्रममा आफूहरुका लागि शेरबहादुर देउवा र केपी ओलीमा केही फरक नभएको बताए। ‘हाम्रा लागि देउवा र ओलीमा केही फरक छैन। दुबै प्रतिगामी हुन्।’

आफ्नो पार्टीमा भएको चर्को विरोधकाबीच पनि महतो ओली सरकारका मन्त्री बनेका थिए । सबै दलले ओलीलाई प्रतिगामी भन्दा पनि महन्थ ठाकुर र राजेन्द्र महतोले ओलीका कदम लोकतान्त्रिक भनेका थिए ।

यस्तै उनले निर्वाचन आयोगले आफूहरुको पार्टी फुटाइदिएको आरोप लगाएका छन्। पार्टी जनताले बनाउने बताउँदै महतोले भने, ‘पार्टी निर्वाचन आयोगले होइन, जनताले बनाउने हो। आयोगको निर्णय प्राविधिक मात्रै हुन्छ।’

अब नयाँ पार्टी बनाउनुहुन्छ कि के गर्नु हुन्छ? भन्ने पत्रकारको प्रश्नमा उनले आयोगको आदेश हेरर निर्णय लिने प्रतिक्रिया दिए।

एक वर्षअघि आफूहरुले उपेन्द्र यादवको फुट्न लागेको पार्टी जोगाइदिएको भन्दै अहिले यादवले आफै पार्टी फुटाएको बताए। उनले भने, ‘हामीले एक वर्षअघि उपेन्द्र यादवको फुट्न लागेको पार्टी जोगाइदिएका थियौँ। अहिले उनले आफैले पार्टी विभाजन गरे।’