ओली, ठाकुर र महतोबीच बालुवाटारमा छलफल जारी - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

ओली, ठाकुर र महतोबीच बालुवाटारमा छलफल जारी



काठमाडौं- सरकारमा सहभागी हुनेबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन्।

पूर्व सहमति अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारमा सहभागी हुनेबारे अहिले ठाकुर र महतोले छलफल गरिरहेको बताइएको छ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले शुक्रबार प्रतिनिधि सभा विघटन गरेपछि जसपाको ठाकुर र महतोले ओलीलाई सहयोग गर्ने बताएका छन्। उनीहरुले विघटनको कदमको बचाउ गर्दै आएका छन्।