भारतीय दूतावासमा किन गए महन्थ ठाकुर र राजेन्द्र महतो ? - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

भारतीय दूतावासमा किन गए महन्थ ठाकुर र राजेन्द्र महतो ?



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन अगाडी जनता जनता समाजवादी पार्टी (जसपा)का नेताहरू भागदौड गरिरहेका छन् । बिहानै विपक्षी दलका नेता शेरबहादुर देउवाको निवासमा पुगेका जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नाटकीय भागदौडमा छन् ।

देउवाको निवासमा २ घण्टा बिराएर बालुवाटार हानिएका अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो अहिले भने भारतीय दूतावासमा पुगेको खुलेको छ । ठाकुर र महतो केहीबेरअघि लैनचौरस्थित भारतीय दूतावास सुतुक्का छिरेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई भेटेपछि उनीहरू दुतावासमा हानिएका हुन् । बिहानैदेखि दौडधुपमा रहेका नेताहरू महत्वपुर्ण घडीमा दुतावास छिर्नुलाई अर्थपूर्ण रूपमा लिन सकिन्छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने लाग्दा भारतीय दूतावासमा ठाकुर र महतो जानु पक्कै पनि सामान्य घटना होइन।

देउवासँग लामो छलफल गरेर ओलीलाई मत नदिने लाइनमा पुगेका उनीहरू आफूहरू विश्वासको मत नदिएर तटस्थ बस्ने प्रधानमन्त्री ओलीलाई सुनाएका थिए।

विश्वासको मतबारे आधिकारिक धारणा तय गर्न आजै जसपा पदाधिकारीहरूको बैठक बसिरहेको छ। जसपाले ओलीलाई मत नदीने बताएपनि विपक्षी गठबन्धनमा रह्हने वा नरहने निर्णय गरेको छैन ।