भेटिएन महतो नेपाली भएको प्रमाण: माथिको आदेश भन्दै निर्वाचन आयोग पनि तर्कियो
काठमाडौं- निर्वाचन आयोगले उपप्रधानमन्त्री राजेन्द्र महतोको नागरिकता दिन मानेको छैन । नयाँ पार्टीले मागेको नागरिकतासम्बन्धि विवरण दिन आयोगले नमानेपछि मन्त्री महतोको नाममा सिंहदरबारबाहिर सुचना टाँसिएको छ ।
सिंहदरबारबाहिरको दक्षिणी गेटमा उपप्रधान तथा शहरी विकास मन्त्री महतोका नाममा “नयाँ पार्टी”ले नेपाली नागरिक भएको प्रमाण देखाउन माग गर्दै सूचना टाँसेको हो । महतोले आफू नेपाली नागरिक भएको प्रमाण दिन नसकेको कारण देखाएर उनलाई सिंहदरबार प्रवेश निषेधको सूचना टाँस गरिएको हो ।
नयाँ पार्टीले मन्त्री महतोलाई एक साताभित्र आफू नेपाली नागरिक भएको प्रमाण सार्वजनिक गर्न माग गरेकोथियो । तर न मन्त्री महतोले नागरिकता सार्वजनिक गरे न त माग्न जाँदा निर्वाचन आयोगले नै दियो ।
पार्टीले नागरिकताको कपी माग गरेको थियो तर आयोगका सचिव सुरेश अधिकारीले माथिको आदेशले दिन नमिल्ने र आफू अप्ठ्यारोमा पर्ने भन्दै कपी दिन इन्कार गरेको जनाइएको छ । नयाँ पार्टीले निर्वाचन आयोगमा पुगेर महतोले २०५६ सालमा सर्लाही २ बाट,२०७० सालमा सर्लाही ४ बाट र २०७४ सालमा धनुषा ३ नम्बर क्षेत्रबाट उम्मेदवारी दिँदा पेश गरेको विवरण मागेको थियो ।
०६८ साल फाल्गुन १ र २९ गते गृह र अख्तियारले छानबिनका लागि सर्लाही जिल्ला प्रशासनमा पत्र पठाएका थिए । जिप्रकाले ०६२ चैत्र २३ मा जिप्रकामा आगलागी हुँदा प्रमाण नष्ट भएको झुट्टा बेहोरा लेखी पठाएको थियो ।
यस्तो छ विवरण माग्दा आयोगले दिएको पत्र