राजेन्द्र महतोविरूद्ध आइतबारदेखि देशभर प्रदर्शन
काठमाडौं- उपप्रधानमन्त्री राजेन्द्र महतो विरुद्ध आइतबारदेखि देशभर प्रदर्शन हुने भएको छ । महतोको अभिव्यक्तिविरूद्व नेकपा (एमाले)का नेता माधव नेपाल निकट अनेरास्ववियुले देश्ब्तापी प्रदर्शन गर्ने भएको हो ।
अनेरास्ववियुले शनिबार बानेश्वरमा प्रदर्शन गर्ने क्रममा प्रहरीले धरपकड गरेको थियो । आइतबारदेखि भने देशब्यापी आन्दोलन गर्ने भएको हो । महतोले संविधानविरोधी अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध देशभर प्रदर्शन गर्ने बताइएको छ ।
मंत्रीबनेलगत्तै महतोले शुक्रबार ‘बहुल राष्ट्रिय राज्यको स्थापना लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने’ पार्टीको अजेन्डा भएको बताएका थिए। त्यसलाई उनले शनिबार पनि दोहोर्याएका छन्।
अहिले महतोको यो भनाइकोदेश्ब्यापी आलोचना भइरहेको छ। आजै विद्यार्थीहरूले संगठनले काठमाडौंमा महतोको पुत्ला दहन गरेका थिए।
पुत्ला दहन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीसहित महासचिव आरती लामालगायत ११ जनालाई प्रहरीले लाठी प्रहार गर्नुका साथै पक्राउ गरेको थियो। प्रर्दशनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा दुई घण्टा राखेर उनीहरुलाई रिहा गरिएको छ।