महाशिवरात्रिको दिन यी काम झुक्किएर पनि नगर्नुहोस् ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

महाशिवरात्रिको दिन यी काम झुक्किएर पनि नगर्नुहोस् !



काठमाडौं । आज महाशिवरात्रि । देशभर भगवान शिवको पूजाअर्चना गरि मनाइँदैछ । देशभरका शिवमन्दिरहरुमा आज शिवभक्तहरुको घुइँचो लाग्ने गर्दछ । शिवरात्रिकै दिन आज हामी तपाइँहरुलाई यस दिनमा गर्न नहुने १० कामको बारेमा बताउन गइरहेका छौँ ।

१. महाशिवरात्रिको दिन बिहान चाँडै उठ्नुपर्छ । र ननुहाइ केहि पनि खान नहुने मान्यता छ ।

२. यो दिन कालो रङको कपडा नलगाउनुहोस् ।

३. भगवान शिवको पूजा गर्दा भुलेर पनि चम्पा र केत्तुकेको फूल नचढाउनुहोस् ।

४. शिवको पूजामा टुक्रिएको चामल नचढाउनुहोस् ।

५. शिवलिङ्गको अभिषेकको लागि सुन, चाँदी वा काँसको भाँडाको प्रयोग गर्नुपर्छ । भुलेर पनि स्टिल वा प्लास्टिकको भाँडाले शिवलिङ्गको अभिषेक गर्नुहुँदैन ।

६. शिवको पूजाआराधना गर्दा अनिवार्य रुपमा बेलको प्रयोग गर्नुपर्दछ ।

७. शिवलिङ्गमा चढाईएको प्रसाद खाने वा लाउने नगर्नुहोस्, यसले अशुभ हुने धार्मिक विश्वास छ ।

८. शिवरात्रिको दिन चामल गहुँ जस्ता अन्नहरु नखानुहोस् । यस दिनमा फलफूल, दुध, चिया वा कफिको सेवन गर्न सकिन्छ ।

९. शिवलिङ्गमा कहिल्यै पनि तुलसीको पात नचढाउनुहोस् । र अर्को कुरा, प्याकेटको वा तातो दुध नचढाउनुहोस् ।

१०. महाशिवरात्रिको रात जागरामा बस्नुपर्छ । त्यसकारण यस रातमा नसुतिकन रातभर जागराम बसी शिवको भजनकिर्तन गर्नुपर्छ ।