रघुवीर महासेठले मध्यरातमै गरे पदभार ग्रहण - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

रघुवीर महासेठले मध्यरातमै गरे पदभार ग्रहण



काठमाडौं- नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले शुक्रबार मध्यरातमै पदभार ग्रहण गरेका छन्। 

राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिए लगत्तै उनले परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्। उनलाई स्वागत गर्न कर्मचारीहरू राति ९ बजेसम्म कार्यालयमै थिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदीप ज्ञवालीलाई हटाएर महासेठलाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन्। अघिल्लो पटक विवादमा आएपछि प्रधानमन्त्री ओलीले उनलाई हटाएका थिए। 

आज पुनर्गठन भएको मन्त्रिपरिषद्मा जनता समाजवादी पार्टी (जसपा) पनि सहभागी भएको छ। जसपाको तर्फबाट आठ मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन्।