मन्त्री महासेठ एक पछी अर्को काण्डमा फस्दै - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

मन्त्री महासेठ एक पछी अर्को काण्डमा फस्दै



भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ एक पछी अर्को बिबादमा तानिएका छन् । उनले २० बर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्न लागेका छन् ।

२० बर्ष नाघेका प्रतिबन्धित सवारीसाधानलाई फेरि सञ्चालनका लागि मन्त्रिपरिषद मा प्रस्ताव लैजाने तयारी मन्त्री महासेठले गरेका छन् ।

विभागले गत चैत १ देखि २० बर्ष पुराना गाडीलाई सार्वजनिक सवारीसाधानलाई देशभर गुडाउन प्रतिबन्ध लगाएको थियो ।

२०७२ चैत १ गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले २० बर्षभन्दा पुराना सम्पुर्ण सर्वाजनिक सवारीसाधन विस्थापन गर्ने निर्णय गरेको थियो ।, आजको नागरिकदैनिकमा यो खबर छ ।