मन्त्री महासेठको राजिनामा माग - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

मन्त्री महासेठको राजिनामा माग



कन्चनपुर । सरकारले यातायातमा गरेको भाडा वृद्धि र ‘सिन्डिकेट’विरुद्ध कन्चनपुरमा राष्ट्रिय जनमोर्चानिकट अखिल छैटौंले विरोध प्रदर्शन गरेको छ ।

सो संगठनमा आवद्ध विद्यार्थीले शुक्रबार यातायात व्यवस्था कार्यालय महाकालीको गेटमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन् ।

सरकारले सिन्डिकेटलाई पुनः लागू गरेर यातायात व्यवसायीसँग घुँडा टेकेको आरोप उनीहरुको छ ।

यातायातमन्त्रीले पैसाको चलखेल गरेर सिन्डिकेटका लागि सम्झौता गरेकाले आफूहरु मन्त्री र सरकारविरुद्ध विरोधमा उत्रिएको उनीहरुको भनाइ छ ।

सरकारले यातायातमा गरेको भाडा वृद्धि र सिन्डिकेट खारेज नगरे आफूहरु चरणबद्ध आन्दोलनमा उत्रिने अखिल छैटौंको चेतावनी छ ।

 Share
 Tweet