विश्वकप: चार विश्वविजेताको महासंग्राम ! - Himal Post Himal Post
  • १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
Logo

विश्वकप: चार विश्वविजेताको महासंग्राम !



रसियामा जारी फिफा विश्वकप फूटबल २०१८ अन्तर्गत प्रिक्वार्टरफाइनलको अन्तिम खेल मङ्गलवार राति सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

अन्तिम १६ बाट आयोजक रसियासँगै क्रोएशिया, बेल्जियम, स्वीडेन र चार विश्वविजेता टीम क्वार्टरफाइनल पुगेका छन् । पाँचपटकको विश्वविजेता ब्राजिल, दुईपटकको विजेता उरुग्वे, एकएक पटकका विजेता फ्रान्स र इङल्याण्ड क्वार्टरफाइनल पुगेका हुन् ।

विगतको तथ्याङ्क हेर्ने हो भने यसअघिका विश्वकपमा यी चारमध्ये इङल्याण्ड ६ पटक क्वाटरफाइनलबाट बाहिरिएको छ । त्यस्तै, ब्राजिल ४ पटक, फ्रान्स २ पटक र उरुग्वे १ पटक क्वार्टरफाइनलबाट बाहिरिएको छ ।