महाराष्ट्र सरकारले बनायो बलात्कारीलाई मृत्युदण्ड दिने कानुन - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

महाराष्ट्र सरकारले बनायो बलात्कारीलाई मृत्युदण्ड दिने कानुन



काठमाडौं- भारतको महाराष्ट्र राज्य सरकारले बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय दिने कानुन बनाएको छ ।

महाराष्ट्र राज्य सरकारको मन्त्रीपरिषद्ले बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्थासहितको कानुनलाई पेस गर्ने मञ्जुरी दिएको छ।

यसैगरी त्यहाँको सरकारले एसिड आक्रमण पीडितलाई १० लाखको क्षतिपूर्ति दिने प्रावधान पनि विधयेकको मस्यौदामा समावेश गरेको छ।

राज्यका गृहमन्त्री अनिल देशमुखले मन्त्रीपरिषद् बैठकपछि सरकारले बलात्कार, एसिड आक्रमण लगायतका महिलाहिंसामा दोषीलाई मृत्युदण्ड, आजीवन कारवाससँगै अत्याधिक जरिमाना लगायतका कडा सजायहरूको व्यवस्था गरिएको जानकारी दिए।

विधयेक अनुसार एसिड आक्रमण पीडितको शल्यक्रिया लगायतका उपचारका लागि १० लाख रूपैयाँ दिइनेछ भने सो रकम दोषीबाट असुल गरिनेछ।

यस अनुसार आरोपीविरूद्ध ३० दिनभित्र कानुनी प्रक्रिया पूरा गर्नुपर्नेछ भने मुद्धाको सुनुवाइ विशेष अदालतमा हुनेछ। विधयेकमा प्रहरीले १५ दिन भित्र आरोपत्र अदालतसमक्ष पेस गरिसक्नुपर्ने प्रावधानको व्यवस्था गरिएको छ।

गृहमन्त्री देशमुखले १४ दिसेम्बरबाट सुरू हुने विधानसभाको हिउँदे सत्रमा विधयेक प्रस्तुत गर्ने बताए।

यस कानुनलाई ‘शक्ति अधिनियम’ भनिनेछ। देशमुखले कानुनले बालबालिका तथा महिलाको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।