महरालाई फोन गरेर सुषमा स्वराजले भनिन् ‘सक्दो सहयोग गर्छौं’ - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

महरालाई फोन गरेर सुषमा स्वराजले भनिन् ‘सक्दो सहयोग गर्छौं’



काठमाडाैं ,साउन ३० । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाललाई सक्दो सहयोग गर्ने बताएकी छिन् । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई आइतबार टेलिफोनवार्तामा स्वराजले यस्तो बताएकी हुन् ।

‘भारतीय विदेशमन्त्री सुष्मा स्वराजले उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग टेलिफोनमा नेपाल–भारत सीमा क्षेत्रको बाढीसँग सम्बन्धित समस्याका बारेमा छलफल गर्नुभएको छ, नेपाललाई सक्दो सहयोग गर्ने वचन दिनुभएको छ,’ नेपालस्थित भारतीय दूतावासले ट्विटरमार्फत जानकारी दिएको छ ।

अाजको नयाँ पत्रिका दैनिकमा खबर छ-कोसी ब्यारेजको ढोका खोल्न महराले शनिबार भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई आग्रह गरेको भोलिपल्ट भारतीय विदेशमन्त्रीले टेलिफोन गरेकी हुन् । दूतावासले कोसी, गण्डकी र राप्ती बाँधका भारततर्फका सबै ढोका खुला रहेको जिकिर गरेको छ । दूतावासले बाढीका विषयमा बिहार र उत्तरप्रदेशका अधिकारीसँग सम्पर्कमा रहेर काम गरिरहेको जनाएकोे छ ।