महराको मनोमानी - कानुनविपरीत सुविधा बढाए - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

महराको मनोमानी – कानुनविपरीत सुविधा बढाए



काठमाडौँ –सभामुख कृष्णबहादुर महराले कानुनविपरीत संघीय संसद् सचिवालय पदाधिकारीका स्वकीय सचिवालयमा रहने कर्मचारीको सुविधा बढाएका छन्। उनीहरूलाई सुरु तलब स्केलअनुसार तलब मात्र उपलब्ध गराउने कानुनी व्यवस्था छ।

तर सभामुख महराले व्यवस्थापन समितिको बैठक बोलाएर आफ्नोलगायत उपसभामुख शिवमाया तुम्बाहाङ्फे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपाध्यक्ष शशीकला दाहालका स्वकीय सचिवालयमा रहने कर्मचारीको तलब स्केलबाहेक अतिरिक्त भत्ताको रकम राज्यकोषले बेहोर्नेगरी ५० प्रतिशत सुविधा बढाएका हुन्। यो समाचार ईश्वरी सुवेदीले लेखेका हुन् ।

सभामुख महराले व्यवस्थापन समितिको बैठक वैशाख १२ गते बोलाएका थिए। मन्त्रिपरिषद्को चैत २१ गते बसेको बैठकले अतिरिक्त समय काम गरेबापत कर्मचारीलाई भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो। त्यसका आधारमा सभामुखले स्वकीय सचिवालयमा रहने कर्मचारीलाई पनि सुविधा बढाउने पहल थालेका थिए। संसद्का सबै कर्मचारीको महिनामा ८० घन्टा काम गरे ५० प्रतिशत बढाएपछि उनीहरूलाई पनि सो ५० प्रतिशत रकम बढाउन सभामुख महराले पहल गरेका थिए। आजको नागरिक दैनिकमा खबर छ ।