एउटा म्यासेज जसले महरालाई बर्बाद गरायो - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

एउटा म्यासेज जसले महरालाई बर्बाद गरायो



काठमाडौं- पीडितको जाहेरीबाहेक उनलाई निवर्तमान सभामुख कृष्णबहादुर महराले पठाएको ‘एसएमएस’लाई समेत प्रहरीले प्रमाणका रूपमा पेस गरेको छ।

घटनाको भोलिपल्ट उनले ‘फर्गेट एस्टर्डे आई एम भेरी सरी’ भनेर एसएमएस पठाएका छन् । त्यो म्यासेजबाट समेत अघिल्लो दिन उनले बलात्कार प्रयास गरेको पुष्टि हुने अभियोगमा उल्लेख गरिएको छ।

अभियोगमा भनिएको छ, ‘उक्त मेसेजले पनि प्रतिवादी घटनास्थलमा उपस्थित भई पीडितसँग भएका कसुरजन्य कार्यको उजागर हुन नदिन प्रयास गरेको तथ्य स्थापित भएको छ।’ यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो।

महराले पठाएका अन्य एसएमएसहरूलाई समेत प्रहरीले प्रमाणका रूपमा पेस गरेको छ ।