परराष्ट्रमन्त्री महरा भोली चीन जाँदै : समकक्षीबीच छलफल हुने - Himal Post Himal Post
  • १५ पुष २०८१, सोमबार
  •      Mon Dec 30 2024
Logo

परराष्ट्रमन्त्री महरा भोली चीन जाँदै : समकक्षीबीच छलफल हुने



भदौ २०, काठमाडौं-

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भदौ २१ देखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् ।

चीनका विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा उनी चीन जान लागेका हुन् ।

उपप्रधान तथा परराष्ट्रमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो चीन भ्रमण हो । आजको नागरिकमा खबर छ ।

भ्रमणका बेला मन्त्री महरा र उनका चिनीयाँ समकक्षीबीच वार्ता हुनेछ । वार्तामा नेपाल-चीन सम्बन्धका सबै आयाममा छलफल हुने जनाइएको छ ।