कमिशनका लागी पेट्रोलियम पदार्थको मुल्य वृद्धि : महर - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

कमिशनका लागी पेट्रोलियम पदार्थको मुल्य वृद्धि : महर



काठमाडौं-नेपाली कांग्रेसका युवानेता नैनसिंह महरले सरकार जनताका लागी नभइ माफिया र कमीशनखोरको प्रभावमा परेर काम गरिरहेका बताएका छन । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले सरकार पुरै माफियातन्त्र र कमीशनतन्त्र वाट संञ्चालित भएको आरोप लगाएका हुन ।

सरकारी जग्गा बेचेर नपुगेको सरकारले फेरि जनताको ढाड सेकनेगरी पेट्रोलियम पर्दार्थको मुल्य बृद्धि गरेको छ, यो कुनै हालतमा मान्य छैन, मुल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन हुने महरले चेतावनि दिए ।
निगमको अहिले पाक्षिक नाफा ७ करोड भन्दा बढी छ यस्तो बेला जनतालाइ राहत दिन मुल्य घटाउन छोडेर झन किन बढाएको भन्दै महरले सरकार आफै व्यापारी भएर कल्याणकारी वन्न नसकेको वताए ।
“बाइडबडी, ३३ किलोसुन ,बालुवाटार जग्गा बेचेर पनि प्रधानमन्त्री र मन्त्रीहरुलाइ पैशा पुगेन र पेट्रोलियम पर्दार्थको मुल्य बढाएको हो , यो जनतामारा सरकार हो ।

सरकार प्रति निकै आक्रमक देखएिका महरले भने “स्वचालित मुल्यका नाममा सरकारले आयल निगमलाइ भष्ट्राचारको गोदाम बनाएको छ, भन्ने बेला स्वाचालित भन्ने अनि घटेको बेला नघटाउने, बढेको बेला मात्र मुल्य बढाउने यो कस्तो स्वचालन मुल्य प्राणली हो ? तिन महिना सम्म मुल्य घटेको बेला नेपालमा किन नघटाएको ? ” कम्युनिस्ट सरकार वने पश्चात जनताका दैनिक उपभोग्य चीज़वस्तुमा ३००% भन्दा वढी मूल्य वृद्धि भएको र यस पटक पनि पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिले अझ मुल्य आकासीएर जनताले सास्ति वेहोर्नु पर्ने वहाले थप्नु भयों ।