महन्थ ठाकुर पक्षसँग पनि मागे देउवाले विश्वासको मत - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

महन्थ ठाकुर पक्षसँग पनि मागे देउवाले विश्वासको मत



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षसँग पनि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेका छन् ।

“प्रस्तुत विषयमा २०७८–४–३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेकाले उक्त प्रस्तावमा यहाँ र यहाँ सम्बद्ध माननीय सदस्यहरुको तर्फबाट समर्थन गर्न गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु,” देउवाले लेखेको पत्रमा भनिएको छ ।

सर्वोच्च अदालतको फैसलापछि संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त देउवाले आइतबार विश्वासको मत लिंदैछन् । जसपाको उपेन्द्र यादव पक्षका १८ जना विश्वासको मतको पक्षमा खुलिसकेको यादव पक्षले दाबी गरेको छ ।