'ओलीलाई साथ किन नदिएको' भन्दै उपेन्द्रलाई महन्थले सोधे ७ बुँदे स्पष्टीकरण - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

‘ओलीलाई साथ किन नदिएको’ भन्दै उपेन्द्रलाई महन्थले सोधे ७ बुँदे स्पष्टीकरण



काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही अगाडी बढाएका छन् । यादवलाई तीनदिन भित्र जवाफ दिन भन्दै ठाकुरले ७ बुँदे स्पष्टीकरण सोधेका हुन् ।

ठाकुरले मधेशका समस्या समाधान गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई छाडेर देउवालाई किन समर्थन गरेको भन्दै प्रश्न गरेका छन् । मधेश आन्दोलनका माग पूरा गराउन ओलीले पहल गरेको भन्दै ठाकुरले यादवको नियतमा खोट देखिएको आशय ब्यक्त गरेका छन् ।

मधेशका माग, बन्दी रिहाई तथा अधिकार प्राप्तिको निम्ति अपूर्ण रहेको संविधान संशोधन, नागरिकता सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले गठित कार्यदलले गरेका कामले कहाँ ठेस पुग्यो भन्दै प्रश्न समेत ठाकुरले यादवलाई गरेका छन् ।

पार्टीका मूल्यमान्यता, नीति तथा विधान विपरीत गतिविधि गरेको भन्दै ठाकुरले यादवलाई मंगलबार स्पष्टीकरण सोधेका हुन्।

३ दिनभित्र जवाफ दिन भन्दै ठाकुरले यादवलाई ७ बुँदे स्पष्टीकरण सोधका छन्।