महन्थ ठाकुरलाई अर्को झट्का: राजपा पनि अर्कैले गरे दर्ता
काठमाडौँ- जसपाका अध्यक्ष रहेका महन्थ ठाकुरको सपना चकनाचुर बनेको छ । पछिल्लो समय राष्ट्रिय जनता पार्टी राजपा ब्युँताउने पुरै तयारी गरेका उनलाई झट्का लागेको हो ।
महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल दर्ताका लागि अर्कै व्यक्तिले नर्वाचन आयोगमा निवेदन दिएका छन् । राजपा दर्ताका लागि हरिनारायण यादवले निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) उत्कर्षमा पुगेर निर्वाचन आयोगले छिनोफानो गर्नै लागेको बेला धनुषाका हरिनारायण यादवले आफ्नो अध्यक्षतामा राजपा दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् । महन्थ समुहले राजपा नेपाल दर्ता गर्नका लागि कागजात तयार पारिरहेको समयमा हरिनारायण यादवले आयोगमा निवेदन दिएपछि महन्थ समूह थप तनावमा देखिएको छ
जसपाको आधिकारिकता महन्थ समुहले नपाउने पक्कापक्की बनेको छ । यहि अवस्थाको आंकलन गर्दै महन्थले राजपा दर्ता गर्ने नेताहरूलाई कागजात तयारीको लागि निर्देशन दिइसकेका थिए । महन्थ ठाकुरले मधेश आन्दोलन र आफ्ना मुद्दाहरूमा धोका दिएर प्रधानमन्त्री केपी ओलीलाई साथ् दिएको भन्दै जसपा र उनको पूर्व पार्टी राजपा पनि रहन नदिनेगरी उपेन्द्र यादवले उअस्तो योजना बनाएको आंकलन गरिएको छ ।
२०७७ असार २४ गते समाजवादी पार्टी र राजपा मिलेर जसपा बनेको थियो । एकीकृत भएको पार्टी एक वर्षसम्म कसैले दर्ता गराउन नपाउने प्रावधान रहेको छ । हिजो एक वर्ष पुरा हुने वित्तिकै उपेन्द्र यादवका निकट मानिएका हरिनारायण यादवले दल दर्ताका लाग निवेदन दिएका छन् ।