महन्थ ठाकुरको साथ छोड्ने सांसदको संख्या थपिँदै
कैलाली । जनता समाजवादी पार्टी (जसपा)मा महन्थ ठाकुरको साथ् छाड्ने सांसदहरूको संख्या थपिने क्रम जारी छ । ठाकुर समुहका दुईजना प्रदेशसभा सांसदले ठाकुरको साथ छोडेका छन् ।
प्रदेशसभा सदस्य कृष्ण चौधरी र मालामती कुमारी चौधरीले ठाकुरको साथ छाडेर यादव पक्षमा गएका छन् ।
महन्थको साथ् छाड्ने दुवै जना तत्कालीन राष्ट्रिय जनता पार्टीका हुन् ।समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकतापछि जसपा बनेको थियो ।
उनीहरू दुवैजनाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने समयमा एमालेको ओली समूहसँगै विश्वासको मतको विपक्षमा मतदान गरेका थिए ।
प्रदेशसभा सदस्य राना हिजोदेखि काठमाडौंमा शुरू केन्द्रीय कार्य समितिको प्रथम बैठकमा सहभागी भएकी छन् । अर्का सांसद चौधरीले स्वास्थ्य समस्या भएका कारण बैठकमा जान नसकेको बताए ।