जसपा महन्थ पक्षका १० जना मन्त्री बन्ने तय: आजै सपथ - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

जसपा महन्थ पक्षका १० जना मन्त्री बन्ने तय: आजै सपथ



काठमाडौ- जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूह पनि सरकारमा सहभागी हुने भएको छ । लामो समयको छलफलपछि प्रधानमन्त्री ओली र ठाकुर पक्षबीच लेनदेन मिलेको छ ।

बालुवाटार स्रोतका अनुसार महन्थ ठाकुर समुहबाट १० जनालाई मन्त्री बनाउने गरी सहमति भएको छ । त्यसमध्य केहि भने राज्यमन्त्री हुनेछन् । मन्त्रीहरुको शपथ आजै गर्ने तयारी बालुवाटारले गरेको छ ।

वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने बताइएको छ। पछिल्लो समय प्रधानमन्त्री ओलीलाई निरन्तर समर्थन गर्दै आएको महन्थ राजेन्द्र पक्ष महत्वपूर्ण मन्त्रालयसहित सरकारमा जाने गृहकार्यमा जुटेको थियो।