महानिरीक्षकको नियुक्ति सम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

महानिरीक्षकको नियुक्ति सम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ



काठमाडौँ, ७ चैत ।

नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतमा परेको मुद्दामा अन्तिम सुनुवाइ जारी छ ।

उक्त मुद्धामा आज सरकारी वकिलका तर्फबाट दुईजनाले बहस गर्नुहुनेछ ।

हिजो निवेदकका पक्षबाट सुनुवाई हुँदाहुँदै समय सकिएकाले आज सरकारी वकिलका तर्फबाट सुनुवाई हुन लागेको हो । प्रधान न्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई, हरिकृष्ण कार्कीको पूर्ण इजलासमा सुनुवाई भईरहेको छ ।

नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालका तर्फबाट आईतवार बहस गर्ने कानुन व्यावसायीहरुले प्रहरी ऐनअनुसार वरियताका क्रममा सिलवाल एक नम्बरमा रहेको हुनाले उहाँलाई नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्नुपर्ने तर्क गरेका थिए ।

नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन यसअघि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो भने आफू वरियताको १ नम्बरमा रहेको भन्दै सिलवालले पनि रिट निवेदन दिनुभएको थियो । त्यसमा पनि सर्वोच्चले अल्पकालीन आदेश दिएको थियो ।