महामारीमा मध्यावधि चुनावको रंगीन सपना महँगो पर्नेछ: विश्वप्रकाश
काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई मध्यावधि निर्वाचनको रंगीन सपना महँगो पर्ने चेतावनी दिएका छन्।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद भङ्ग गरेपछि उनले शुक्रबार मध्यराति ट्विट गरेका छन् । उनले लेखेका छन्, ‘बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ।’
उनले राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधानको सामूहिक बलात्कारको भएको आरोप लगाएका छन्। उनले भनेका छन्, यसको दुष्परिणाम महँगो पर्नेछ।’