एकाएक किन महङ्गो भयो भारत-पाकिस्तानबीचको खेलको टिकट ? - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

एकाएक किन महङ्गो भयो भारत-पाकिस्तानबीचको खेलको टिकट ?



एजेन्सी – आइतबार भारत र पाकिस्तान जारी विश्वकप क्रिकेटमा एकअर्काविरूद्ध भिड्दैछन्। सन् २०१३ पछि राजनीतिक कारणले आईसिसी र एशियन क्रिकेटमा बाहेक एकअर्कासँग खेल्न छाडेका छन्।

यस्तोमा आइतबार हुने यी दुई टोलीबीचको क्रिकेट हेर्नका लागि किनिने टिकटको मूल्य आकाशिएको छ।

इङ्ल्याण्डमा लाखौंको संख्यामा भारतीय तथा पाकिस्तानी मुलका मानिसहरूको बसोबास रहेकाले टिकटको मूल्य आकाशिएको हो।

दुई टोलीबिचको भिडन्त हेर्नका लागि काटिएको टिकटको मूल्य ६० हजार भारूमाथि पुगेको संचारमाध्यमहरूले जनाएका छन्।

दुबै टोली आईतबार २० हजार दर्शक क्षमताको ओल्ड ट्र्याफड रंगशालामा उत्रैदैछन्। अन्य म्याचका लागि सहजै टिकट उपल्ब्ध भएपनि यी देशबीचको खेलको टिकट बिक्री खुलेको केहि घण्टामा बिकेको थियो।

अहिले बढेको मूल्य रिसेल टिकटको हो। ती टिकटहरूको मूल्य आकाशियएर ६० हजारमाथि पुगेको छ।

टिकट पुनः बिक्री गर्ने वेवसाइट वियागोगोले पुनःबिक्रीका लागि आफूसँग ४८० टिकट आएको बताएको छ। उसले आफूसँग ब्रोन्ज, सिल्भर, गोल्ड र प्लेटिनम श्रेणीका टिकट रहेको जनाएको छ।

उसले बर्न्ज र सिल्भर श्रेणीका सम्पूर्ण टिकट बिक्री भइसकेको जनाएको छ। उसले ती टिकटहरू १७ हजारदेखि लिएर २७ हजारसम्ममा बिकेको जनाएको छ। बिक्री मूल्य बताएपनि खरिदमूल्य भने उसले सार्वजनिक गरेको छैन।

यसैगरी शुक्रबारसम्म ५८ गोल्ड तथा ५१ प्लेटिनम श्रेणीको टिकट उपलब्ध रहेको र ती टिकटहरूको मूल्य ४७ हजारदेखि ६२ हजारसम्म रहेको उसले जनाएको छ।

उसले ब्रोन्ज र सिल्भर श्रेणीको टिकट मूल्यमा ५ हजारको अन्तर रहेको जनाएको छ। यस क्षेत्रमा दर्शकहरूलाई मदिरा पिउने अनुमति छ।

वेवसाइटले रंगशालाको दर्शकदीर्घाको नक्सा राखेर टिकट बिक्री गरिरहेको छ।