काठमाडौं महानगरले भन्यो : तत्काल फोहर उठाउन सकिन्न - Himal Post Himal Post
  • १० फाल्गुन २०८१, शनिबार
  •      Sat Feb 22 2025
Logo

काठमाडौं महानगरले भन्यो : तत्काल फोहर उठाउन सकिन्न



काठमाडौं–काठमाडौं महानगरपालिकाले केही दिन फोहोर नउठाउने जनाएको छ । लामो समयदेखि फोहोर नउठाउँदा दुर्गन्धित बनेको बेला महानगरले यस्तो जनाएको हो ।

महानगरले उपत्यकाभित्र उत्सर्जित फोहोरमैला विसर्जनका लागि नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिसडोल ल्यान्डफिल्ड साइटमा पु-याउने गरेको थियो ।

हाल ल्यान्डफिल साइटको सडक बिग्रेकाले मर्मत गर्नुपर्ने अवस्था छ । यता केही दिनदेखि फोहोर उठ्न नसक्दा काठमाडौंका सडकमा फोहोरको डंगुर देखिन थालेको छन् ।

यद्यपि केही दिन फोहोरलाई घरभित्रै राख्न महानगरले अनुरोध गरेको छ ।

महानगरले सोमबार सूचना जारी गर्दै अझै केही दिन फोहोर नउठाइने बताएको छ । सुचनामा भनिएको छ, ‘ल्यान्डफिल्ड साइट सुचारु भएपछि फोहोर लिन घर दैलोमा आउने व्यहोरा सादर अनुरोध गर्दछौं ।’