महालक्ष्मी बैंकद्बारा सहारा घरमा पानी ट्याङ्की सहयोग  - Himal Post Himal Post
  • १९ मंसिर २०८१, बुधबार
  •      Wed Dec 4 2024
Logo

महालक्ष्मी बैंकद्बारा सहारा घरमा पानी ट्याङ्की सहयोग 



पदम ओझा / बौनिया ।
कैलालीको बर्दगोरियामा संचालित सहारा घरमा महालक्ष्मी बिकास बैंक शाखा कार्यालय बौनियाले खानेपानी ट्यान्की बितरण गरेको छ । संंस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त ट्यान्की बितरण गरेको हो । ं

बुधबार एक कार्यक्रमका बिच सहारा घरका संचालक बल बहादुर बिष्टलाई ट्याङ्की हस्तान्तरण गरेको महालक्ष्मी बिकास बैंक शाखा कार्यालय बौनियाका प्रमुख प्रकाश खड्काले जानकारी दिए ।

महालक्ष्मी बिकास बैंक शाखा कार्यालय बौनियाका प्रमुख प्रकाश खड्काको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउपालिका वडा नंं २ का अध्यक्ष भेखु चौधरी रहनु भएको थियो ।  प्रमुख अतिथि को आसन बाट बोल्दै चौधरिले सहारा घरका संचालक बिष्टले गर्दै आईरहेको कार्य एकदमै सरानिय र राम्रो भएको बताउनु भयो । चौधरिले यस ठाउमा आफ्नो परिवार त्यागेर मानव सेवामा लागेका बिष्टले यो गाउपालिकालाई चिनाउन मा पनि सहयोग गरेको बताए ।

बौनिया शाखाका कर्मचारी चक्र बमले स्वागत गरेको कार्यक्रममा नेपाल जेशिज एरिया घ कोषवृद्धि संयोजक कृष्ण बिष्ट ,समाजसेवी शुशिल शाही ,कोसेली एफ एमका स्टेशन म्यानेजर लिलाजङ शाही लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालण बौनिया शाखाकी कर्मचारी लक्ष्मि बमले गर्नु भएको थियो । आजभोलि उक्त सहारा घरमा ३१ जना असाहय ,असक्त बसिरहेका छन । भने २१ जनालाइ परिवारिक मिलन गराई सकेको बिस्टले जानकारी दिए ।