महाकाली बाँधबारे अध्ययन गर्न टोली खटाइयो
काठमाडौं- सरकारले महाकालीबारे अध्ययन गर्न टोली पठाएको छ । पछिल्लो समय भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी बाँध निर्माण गरेपछि टोली खटाएको बताइएको छ ।
नेपाली भूमि मिचेर महाकाली नदीको धार नै परिवर्तन हुने गरी निर्माण गरेको बाँध बनाएको खबर बहिरिएपछि यसमा थप विवाद सिर्जना हुने देखिएको छ । सरकारले गृह, परराष्ट्र र नापीका प्रतिनिधि रहेको एउटा टोली बिहिबार त्यसतर्फ पठाएको हो ।
सरकारले खटाएको टोलीले सबै नक्सा लिएर त्यसतर्फ लागेको छ । महाकाली सन्धिको समयमा महाकालीको धार कता थियो र नक्सामा के छ भन्नेबारे टोलीले अध्ययन गर्ने बताइएको छ ।
टोलीलाई सबै कुरो समेटेर प्रतिवेदन पेश गर्न लगाइएको बताइएको छ । टोलीमा नापीका तीनजना, गृह र परराष्ट्रका एक एक जना रहेको बताइएको छ ।