प्रधानन्‍यायाधीशलाई महाभियोग लगाउन युवाले तताए माइतीघर - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

प्रधानन्‍यायाधीशलाई महाभियोग लगाउन युवाले तताए माइतीघर



काठमाडौं- आजीवन कारावासमा बसेका पूर्व डिआइजी रन्जन कोइरालालाई ११ वर्ष कैद माफीको फैसला सुनाएको भन्‍दै प्रधानन्‍यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध युवाहरूले माइतीघर तताएका छन् ।

प्रधानन्‍यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आवाज चर्किएकै बेला युवाहरूले पनि अदालत भ्रष्टाचारको अखडा भएको भन्दै प्रदर्शन गरेका हुन् ।

शुक्रबार स्वतन्त्र राष्ट्रिय अभियान नेपाल र सामाजिक सञ्‍जालको आह्वानमा नागरिक समाज, विद्यार्थी र सर्वसाधारणले प्रदर्शन गरेका थिए ।

उनीहरुले ‘ ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, अदालती अड्डा, भ्रष्टाचारी अखडा’, अदालतभित्रको एनजिओकरण बन्द गर’, ‘हत्यारा होइन सपना प्रधान मल्लको टीम र चोलेन्द्र टीमलाई बर्खास्ती गर’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।