ब्रान्डेड पसलमा महा ठगी : २६ सयको जुत्ताको मूल्य २७ हजारसम्म - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ब्रान्डेड पसलमा महा ठगी : २६ सयको जुत्ताको मूल्य २७ हजारसम्म



भदौ २०, काठमाडौं-

काठमाडौंको दरबारमार्गमा रहेको ब्राण्डेड पसलले सेलका नाममा अत्याधिक मूल्य लिइ उपभोक्तालाई ठग्ने गरेको पाइएको खबर आजको  कारोबारमा छ ।

तेब्बर मूल्य राखेर ५० प्रतिशत छुट 
दरबारमार्गका ब्रान्डेड पसलले प्रचलित मूल्यभन्ददा तेब्बर मूल्य राखेर ५० प्रतिशतभन्दा बढी छुट दिइ सेलमा राखिएका सामानबाट उपभोक्तलाई सिधै ठगी गर्ने गरेको अनुगमनमा फेला परेको छ ।

११ गुणासम्म बढी मूल्य
अनुगमन टोलीले दरबारमार्गमा रहेका पुमा, नाइक, बेन्ट्ले र स्टोर वानमा अनुगमन गरेको थियो । अधिकांश व्यवसायीले ११ गुणासम्म मूल्य लिएको पाइएको हो । ती पसलमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले शिलबन्दी गरेको छ ।

२६ सयको  जुत्ता २७ हजार
एक हजार पर्ने कपडा चारदेखि पाँच हजार, २६ सय रुपैयाँ पर्ने जुत्ता २७ हजारसम्म लिने गरेको अनुगमनमा फेला परेको छ ।