माघी पर्वले राष्ट्रिय एकता र सदभाव वृद्धि गर्ने विश्वास :प्रचण्ड
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै प्रचण्डले थारु र मगर लगायत आम नेपालीले मनाउने माघी पर्वले राष्ट्रिय एकता र सदभाव वृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।
‘यस पर्वले सम्पूर्ण नेपालीहरुको बीचमा राष्ट्रिय एकता र सदभाव अभिवृद्धि गर्ने अपेक्षा गर्दै सबै नेपालीलाई मुलुकको समृद्धि, विकास र निर्माणमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने कामना गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।