अब कोरोनासँग बाँच्न सिके मात्र महामारी परास्त हुन्छ: डब्ल्यूएचओ
काठमाडौं- विश्व स्वास्थ्य संगठनले भ्याक्सिन बिना पनि युरोप कोभिड–१९ को साथमा बस्न सक्ने बताउँदै यसका लागि स्थानीय स्तरको लकडाउन आवश्यक भएको बताएको छ ।
डब्ल्यूएओका युरोपका निर्देशकले यहाँ राष्ट्रिय स्तरमा लकडाउन लगाउन आवश्यक नभएको बताएका छन् ।
विश्व स्वास्थ्य संगठनका युरोपका क्षेत्रीय निर्देशक ह्यान्स क्लूगले स्काई न्यूजसँग भने, ‘जब हामी महामारीमाथि विजय हाँसिल गर्नेर्छौं यो भ्याक्सिनले मात्रै सम्भव हुन्छ भन्ने आवश्यक छैन । यस्तो हामीले त्यतिबेला मात्र गर्न सक्छौं जब हामी महामारीसँगै बाँच्न सिक्नेछौं र यो हामी भोलिदेखि नै लागू गर्न सक्छौं ।’
आउँदो महिनामा संक्रमणको दोस्रो लहरबाट बच्नका लागि पुनः व्यापक रुपमा लकडाउन गर्नुपर्ला भनेर सोधिएको प्रश्नमा उनले भने, ‘छैन । मलाई आशा छ कि यसको आवश्यक पर्ने छैन तर स्थानीय स्तरमा लगाइने लकडाउनको सम्भावनालाई खारेज भने गर्न सकिँदैन ।’ बीबीसी