माघ महिनाको पानीले डुबेको सुखड बजार (फोटो फिचर) - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

माघ महिनाको पानीले डुबेको सुखड बजार (फोटो फिचर)



विशाल पाण्डेय /सुखड,कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिकाको मुटु भनेर चिनिने सुखड बजार क्षेत्र माघ महिनामा परेको सानो पानीले नै डुबानमा परेको छ ।

केहि समय पहिला सुखड भजनी सडक खण्डमा ५० लाखको बजेटमा नाला निर्माण गरिएपनि नालाको सरसफाइ तथा निकासा नभई पानी जम्दा बजारका पसल भित्र नै पानी पसेको स्थानीय ब्यापारीले बताएका छन् ।

त्यस्तै केहिदिन अघिमात्र सम्पन्न भएको सुखड शान्तिनगर सडकमा नाली बिनाको कालोपत्रे सडक निर्माण गर्दा पानीको निकासा हुन नसक्दा पानी तालिएर पसल भित्र पसि केही सामानहरु नस्ट भएको स्थानीय ब्यापारीले बताए ।