मगर सङ्घ कतारद्वारा गायिकालाई सम्मान - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मगर सङ्घ कतारद्वारा गायिकालाई सम्मान



ओम प्रकाश बानियाँ/विजय कुमार मगर
दोहा कतार

नेपाल मगर सङ्घ कतार शाखाले गायिका तारा श्रीसलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

दोहा स्थित नेपाली आँगन रेस्टुरेन्टको सभाहलमा सञ्चालन भएको उक्त कार्यक्रमको सभाध्यक्षमा शेर बा. रोका मगर, प्रमुख अतिथि गायिका तारा श्रीस, विशेष अतिथि र अतिथिहरूमा प्रवासी नेपाली सङ्घ भारतका केन्द्रीय सदस्य तथा कार्यालय सचिव मदन भन्डारी स्पोर्ट्स एकाडेमी इंडिया इन्चार्ज साथै जिफन्ट भारतका सल्लाहकार दुर्गा बहादुर थापा मगर , मगर सङ्घ कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर, भीम तरामु मगर , जनक थापा मगर, डी एन मगर, खाम राना मगर, लिलम चिदी मगर, नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष केशव राना मगर, नेपाल मगर सङ्घ शाखा कतार महिला विभाग सदस्य रमा मगर, मगर सांस्कृतिक परिवार संयोजक भुपेन्द्र रिखाम मगर, मानर्थ सदस्य टेक रसाइली, नेपाल मगर सङ्घ दोहा एरिया समितिका अध्यक्ष अशोक आले मगर, वक्रा एरिया समिति अध्यक्ष श्याम पुलमी मगर , खस क्षेत्री सेवा समाज कतारका अध्यक्ष खगेन्द्र क्षेत्री, भुजेल सेवा समाज कतारका कोषाध्यक्ष सन्तोष भुजेल, मितेरी सिने युनिटका अध्यक्ष सलिम खानको उपस्थिति हुनुहुन्थ्यो ।

कार्यक्रममा गायिका तारा श्रीस र समाजसेवी तथा खेलाडी दुर्गा बहादुर थापा मगरलाई कार्यक्रम उपस्थित सम्पुर्णले खादा ओडाएर सम्मानका साथै सम्मान पत्र र मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमका अतिथिहरुले उज्ज्वल भबिस्यको कामना गर्दै कतार बसाइँ सुखद रहोस साथै उहाँहरुको नेपालका यात्रा सफलताको कामना गर्नु भयो। समाजसेवी तथा खेलाडी दुर्गा बहादुर थापा मगरले कार्यक्रममा उपस्तिथ सम्पुर्ण लाई धन्यवाद दिदै मगर सङ्घ कतारले दिएको माया र सम्मानलाई सधै सम्झिरहने र आफू जहाँ रहे पनि आफुले सक्ने सहयोग मगर सङ्घ, कतार लाई गरिरहने बताउनु भयो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथि नेपाल मगर सांस्कृतिक सङ्घ केन्द्रीय सदस्य तथा गायिका तारा श्रीस मगरले मगर सङ्घ कतारले गरेको सम्मानका लागि धेरै धेरै धन्यवाद दिदै मगर सङ्घ कतार संग भेटघाट गर्न पाउदा अत्यन्त खुशी रहेको र प्रवासमा रहेर पनि आफ्नो कला, संस्कृती भेषभुषा र भाषालिपी लाई जोगाइ रहेकोमा मगर सङ्घ कतारलाई धन्यवाद दिदै आफू मगर हुनुमा गर्व लागेको बताईन ।

कार्यक्रमका सभापति शेर बहादुर रोका मगरले नेपाल मगर सांस्कृतिक संघका सदस्य तथा गायिका तारा श्रीस मगर र समाजसेवी तथा खेलाडी दुर्गा बहादुर थापा मगरलाई भेटघाट गर्न समय दिनु भएकोमा नेपाली श्रमिक सङ्घ कतारलाई धन्यवाद दिदै उहाँहरुको उज्ज्वल भबिस्यको कामना गर्नुभयो । रोका मगरले थप्नु भयो कलाकार रास्ट्रका गहाना यस्ता रास्ट्रका प्रतीकहरुलाई सम्मान गर्ने पाउनु हाम्रो गौरव हो ।

मगर सङ्घ कतार एउटा स्थापित सस्था हो । यो सस्थाले भुक्म्प पिडित, बाढी पहिरो पीडित लगायत कतारमा अलपत्र परेका नेपाली दाजुभाई दिदिबहिनीहरुलाई सहयोग गर्दै आईरहेको छ । भर्खरै सम्पन्न नेपाल आईडलका प्रतिस्पर्धीलाई समेत संघले सम्मान गरेको थियो ।

उक्त सम्मान कार्यक्रम संघका महासचिव विजय मगरले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष केशव घर्ती मगरले राखेका थिए ।