मगर सङ्घ कतारले राष्ट्रिय सांस्कृतिक चाड माघ्या सकराटी सम्पन्न
विजय कुमार मगर, दोहा कातर
दोहा कतार नेपाल मगर सङ्घ, शाखा कतारले जनवरी १९ तारीख शुक्रबारको दिन मगरहरुको प्रमुख राष्ट्रिय सांस्कृतिक चाडको अवसर पारेर संघका अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्वमा, २०१७/१८ का लागि सांस्कृतिक बाङ ( राजा ) रेशम आले मगरको विशेष उपस्तिथि र नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष देवराज राईको प्रमुख आतिथ्यमा समाल पब्लिक गार्डनमा १२०० जनमानसको बिशाल उपस्तिथिमा माघ्या सकराटी – २०१८ तथा बनभोज कार्यक्रमको साथ मा विविध सांस्कृतिक कार्यक्रम – २०७४ सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा विशेष अतिथिहरुमा एन.आर.एन.ए ( एन.सि.सि) कतारका महासचिव बुधबल गुरुङ, मगर सङ्घ कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर, जनजाती महासंघमा आबद्ध मातृ संस्थाहरु, बैचारिक सङ्घ संस्थाहरु , मगर सङ्घ कतारका सल्लाहकारहरु थिए अतिथिहरुमा विभिन्न धार्मिक तथा जातिय सङ्घ संस्थाहरु जिल्लावासी संस्थाहरु, कला तथा साहित्य संस्थाहरु, समाजसेवी, बुद्धिजीवी तथा ब्यबसायीहरु, पत्रकारहरु, मगर सङ्घ कतार को मानर्थ सदस्य र मगर सङ्घ कतारका बिभागिय एरिया समितीहरु रहेका थिए । कार्यक्रममा मगर रित अनुसार पृतृको पुजा गरेर तरुलको टीका लगाएर सुरु गरिएको थियोे।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई संघका प्रथम उपाध्यक्ष अभिमत पून मगर ले स्वागत मन्तव्य राखेर स्वागत गरेका थिए। भने कार्यक्रमको बारेमा र माघ्या सकराटीको बारेमा कार्यक्रम संयोजक तथा मगर सङ्घ कतारका महिला उपाध्यक्ष इस्वरा थापा मगर ले प्रष्ट पार्नु भएकि थिइन । औपचारिक कार्यक्रम मगर सङ्घ कतारका महासचिव विजय मगरले संचालन गरेका थिए। कार्यक्रममा सफल बनाउनका लागि उपसंयोजक नरेश सिन्जाली मगर, सुचना प्रचारप्रसार विजय मगर, आर्थिक केशव राना मगर, हिम थापा मगर, खाना तथा नस्ता मन रोकिम मगर, यातायात विवेक पुलामी मगर, सांस्कृतिक भुपेन्द्र रिखाम मगर, स्वयंसेवक अभिमत पून मगर, अतिथि सत्कारका लागि केशव घर्ती मगर र खेलकुदमा पदम थापा मगर गरि एघार सदस्यीय उपसमिति गठन भएको थियो । केशव थापा मगर कतारको मगरहरु को निम्ति २०१८/१९ का लागि बाङ ( राजा ) चुनिए ।
मगरहरु को ऐतिहासिक दौडेर बाङ (राजा) छान्ने परम्परालाई नेपाल मगर सङ्घ, शाखा कतारले निरन्तरता दिदै आइरहेको छ । नेपाल मगर सङ्घ, शाखा कतारले माघ्या सकराटी— २०१८ को अवसर पारेर मिति १९ जनवरी २०१८ मा आयोजना गरेको कार्यक्रम माघ्या सकराटी–२०१८ मा यस परम्परालाई निरन्तरता दिदै राखेको दौड प्रतियोगितामा केन्द्रिय समितिका सदस्यहरु एरिया समिति कार्यसमितिका सदस्यहरु १८ जना सहभागीहरुलाई पछि पार्दै सनैया “ए“ एरिया समितिका सदस्य केशव थापा मगरज्यू २०१८/१९का लागि बाङ (राजा) हुन सफल हुनु भयो त्येसैगरी सहानिया एरिया समितिका अध्यक्ष भक्त ढेगा मगर द्धितिय हुनु भएको थियोे । बाङ ( राजा ) चुनिएका केशव थापा मगरलाई निवर्तमान बाङ ( राजा ) रेशम आले मगरले आफ्नो फेटा लगाइदिएर २०१८/१९ का लागि बाङ (राजा)घोषणा गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरु:
मगर सङ्घ कतारले कार्यक्रममा विविध मगरहरुको सांस्कृतिक झल्काउने नृत्यहरु हुर्रा, कौराह, सालैजो, चुडका, भुम्या, टप्पा, लोक गीत, एकल नृत्य र फिल्मी गितमा नेपाल मगर सङ्घ, शाखा कतार मातहतमा रहेकोको मगर सांस्कृतिक परिवारका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए भने उक्त नृत्यहरुलाइ निर्देशन जनक थापा मगर, भुपेन्द्र रिखाम मगर, टेक रसाइली र अभिमत पुन मगर ले गर्नु भएको थियो भने सांस्कृतिक संयोजक भुपेन्द्र रिखाम मगरले प्रस्तुतिहरु जिम्मेवार लिनु भएको थियो ।कार्यक्रममा गायक सोम थापा मगर, पिन्कि मगर,शरण पुन मगर, रबि पुलामी मगर, विजय कुमार मगर, डि .एन मगर, सोनिया पाण्डेको सुमधुर स्वरमा दर्शकहरुको मन जित्न सफल भए भने सांस्कृतिक कार्यक्रमको संचालन सोम थापा मगर ,डि.एन मगर,आशा थापा मगरले संचालन गरेका थिए ।
कार्यक्रममा खेलकुद को रमाइलो माघ्या सकराटी २०१८ मा उपस्तिथि रहेका जनमानस सम्पुर्णलाई मनोरञ्जन दिने उद्देश्यले महिलाहरु का लागि म्युजिकल चेयर र पुरुषहरुका लागि डोरी तान्ने खेल प्रतियोगिता आयोजना गरेको थियो उक्त प्रतियोगितामा म्युजिकल चेयर तर्फ सहभागी प्रतियोगीहरु लाई पछि पार्दै गुल्मिका मिना खड्का प्रथम हुनुभयो त्येसैगरी गुल्मी जिल्लाकै लिला पल्लि मगर दोस्रो हुनुभएको थियोे । डोरि तान्ने प्रतियोगिता तर्फ ९ समूह लाई पछि पर्दै पदम थापा मगरको नेतृत्वमा रहेको समुह प्रथम भएको थियो भने दोस्रो यम बहादुर कुवरको समुह भएको थियो। म्युजिकल चेयर तर्फका बिजेताहरु लाई प्रमुख अतिथी, बिशिष्ट अतिथी र कार्यक्रमका सभापतिले पुरस्कार प्रदान गर्नु भयो भने डोरि तान्ने खेलका बिजेताहरुलाई पुरस्कार र प्रमाणपत्र मगर दिवसमा दिने जानकारी गराउनु भयो ।खेलकुद संयोजक केन्द्रिय सदस्य पदम थापा मगर हुनुहुन्थ्यो भने सल्लाहकार खिम राना मगर र मगर सङ्घ कतारका सदस्य सुर्य थापा मगरले खेल खेलाएका थिए ।
अन्तमा, बोल्नुहुँदै कार्यक्रमको सभापति नेपाल मगर सङ्घ, शाखा कतारका अध्यक्ष शेर बहादुर रोका मगरले कार्यक्रममा उपस्तिथ भएका सम्पुर्णलाई साथै कार्यक्रम सफल बनाउने सहयोग गर्ने सहयोगीहरु लाई धन्यवाद दिदै मगर सङ्घ कतारले आफ्नो भेषभुषा , भाषालिपि, संस्कृती लाई सधै सम्बर्द्धन र प्रबर्द्धन गर्दै अगि बढदै जाने बताउदै कार्यक्रमलाई समापन गर्नु भयो ।