प्रचण्डले कार्यक्रममै भने: 'म फ्रेस छैन' - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

प्रचण्डले कार्यक्रममै भने: ‘म फ्रेस छैन’



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो स्वास्थ्य ठिक नभएको बताएका छन् । वाइसिएल नेपालको राष्टिय भेलालाई सम्वोधन गदै उनले आफु स्वास्थ्यका कारण त्यक्ति फ्रेस नभएको बताए ।

केहिदिनदेखि बिरामी परेका प्रचण्ड बाहिरी भेटघाट बन्द गरेका थिए । लामो समयपछि वाइसीयलको कार्यक्रममा देखिएका प्रचण्डले रुघाले अझै पनि आफुलाई नछोडेको र ५/७ दिन यता आफु फ्रेस हुन नसकेको बताए ।

‘म त्यक्ति फ्रेस छैन, ५, ७ दिन देखि रुघाले सताएको छ । मञ्चमै बस्दा हाछियु गरेको गरयै छु । तपाईहरुले पनि देख्नुभएको छ,’ प्रचण्डले भने ।