मदिरा व्यवसायी सैनामैनाको प्रथम बैठक सम्पन्न

हिमाल पोस्ट /सैनामैना ,रुपन्देही
मदिरा व्यवसायी सैनामैनाको प्रथम बैठक सम्पन्न भयको छ । सैना मैना उधोग वाणिज्य सङ्घको समन्वयनमा सम्पन्न भएको उक्त बैठकको अध्यक्षता बाबुराम ज्ञवाली बाबुराम ज्ञवालीले गरेका थिए ।प्रमुख अतिथिको रुपमा सङ्घका अध्यक्ष राज बाबु क्षत्री रहेका थिए ।
बैठकमा मदिरा व्यवसायी सङ्घ रुपन्देहीका महासचिव प्रितम गिरि लगाएत सैना मैना उधोग वाणिज्य सङ्घका पदाधिकारी एवं सैना मैना मदिरा व्यवसायी सङ्घ (बस्तुगत) समितिका पदाधिकारी रहेका थिए ।
अवैध मदिरा घरेलु मदिरा र दर्ता बिनाका अवैध पसलले पारेको व्यवसायिक क्षति बारे बैठकमा छलफल गरी एक हप्ता भित्रमा बृहत् नगर स्तरीय अन्तरक्रिया गर्ने निर्णय गरेको छ।
सोही कार्यक्रममा बोल्दै मदिरा व्यवसायी सङ्घ सैना मैना (बस्तुगत) अध्यक्ष ज्ञवालीले अवैध मदिरा घरेलु मदिरा माथि सम्बन्धित निकायको ध्यान नजाँदा व्यवासायी मर्कामा परेको भन्दै सम्बन्धित निकायलाई समस्या प्रति सचेत गराई समाधान गर्न आफू लागिपर्ने प्रतिबद्धता गरेका थिए ।त्यस्तै सैना मैना उधोग वाणिज्य सङ्घका अध्क्षय क्षेत्रिले व्यवासायीका समस्या हल गर्न सङ्घ एक ढिक्का भएर लाग्ने बताउनु बताए ।
मदिरा व्यवसायी सङ्घ रुपन्देहीका महासचिव गिरिले सैना मैनाका मदिरा व्यवसायीहरुको समस्यालाई समाधान गर्न मदिरा व्यवसायी सङ्घ रुपन्देही सहयोग गर्न तयार रहेको बताए ।बैठकमा उपस्थित अन्यले पनि आ-आफ्ना धाराणा ब्याक्त गरेका थिए ।
उधोग बाणिज्य संघको सभाहलमा संघका महासचिव दिपक अधिकारीको संचालन बैठक समपन्न भएको थियो ।

