काठमाडौं उपत्यकाभित्र आजदेखि मदिरा बिक्रीमा लगाइयो प्रतिबन्ध - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

काठमाडौं उपत्यकाभित्र आजदेखि मदिरा बिक्रीमा लगाइयो प्रतिबन्ध



काठमाडौं- काठमाडौं उपत्यकाका तीनै जिल्लामा आज रातिदेखि मदिन बिक्रीमा रोक लगाइने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरमा आज राति १२ बजेदेखि मदिरा बिक्रीमा रोक लगाइने भएको हो।

मौन अवधि सुरु भएदेखि निर्वाचन नसकिउन्जेलसम्म मदिरा किनबेचमा रोक लगाइने तीनै जिल्लाको प्रशासनले जनाएको छ।

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर तीनै जिल्ला प्रशासन कार्यालयले मदिरा बिक्रीमा रोक लगाएका हुन्।

मदिराजन्य पदार्थको सेवनले शान्ति सुरक्षामा दखल पर्ने भन्दै प्रशासनले आजदेखि वैशाख ३० गते चुनाव अवधिभर मदिराजन्य पदार्थ किनबेचमा रोक लगाएको हो।

‘स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि मिति २०७९ वैशाख २७ गते मंगलबार राती १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्नू/नगराउनू होला’, सूचनामा भनिएको छ।