मदिरा र सुर्तीजन्य पदार्थको मूल्य ब्यापक बढ्ने - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

मदिरा र सुर्तीजन्य पदार्थको मूल्य ब्यापक बढ्ने



काठमाडौं- सरकारले ल्याएको बजेटले रक्सी, चुरोटलगायत मदिरा तथा सुर्तीजन्य पदार्थमा भारी मुल्यवृद्धि हुने देखिएको छ । रक्सी, चुरोटलगायत मदिरा तथा सुर्तीजन्य पदार्थमा लाग्ने अन्तःशुल्क वृद्धि भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अन्तःशुल्क वृद्धि गरेको जानकारी दिएका हुन् । ‘मूल्य अभिवृद्धि करको दर यथावत राखेको छु, भन्सार महसुलका दरहरुमा सामान्य समायोजन गरेको छु,’ बजेट सार्वजनिक गर्दै उनले भने, ‘मदिरा, बियर, वाइन, चुरोट, सुर्तीजन्य तथा हल्का पेय पदार्थमा अन्तःशुल्क वृद्धि गरेको छु ।’

अन्त:शुल्कमा गरिएको वृद्धि हेर्दा अब रक्सी, बियर तथा चिसो पेय पदार्थ साथै चुरोट लगायतका सुर्तीजन्य पदार्थको बजार मूल्य भारी बढ्ने देखिन्छ ।

सरकारले विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित बिँडीमा प्रति खिल्ली पच्चीस पैसा, चुरोट र सिगारमा प्रति खिल्ली पचास पैसा, र खाने सुर्ति, खैनी, गुट्खा, पान मसलामा प्रति किलो ग्राम चालीस रुपैयाँका अरले समदरमा स्वास्थ्य जोखिम कर लगाई असुल गर्ने बताएको छ ।

बजेटमार्फत प्रतिलिटर १ सय ६८ रुपैयाँका दरले वियरमा लाग्दै आएको अन्त:शुल्क बढाएर १ सय ९८ रुपैयाँ पुर्‍याएको छ । बजेटबाट वाइन लिटरको १६५ रुपैयाँ रहेको अन्त:शुल्क १ सय ९८ रुपैयाँ पुर्‍याइएको छ ।