सात सय १५ लिटर मदिरा प्रहरीको नियन्त्रणमा - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सात सय १५ लिटर मदिरा प्रहरीको नियन्त्रणमा



गौशाला | महोत्तरी जिल्लामा मदिरा उत्पादन, बिक्री वितरण, ओसारपसार विरुद्ध सर्च अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालयले सात सय १५ लिटर तयारी मदिरा नियन्त्रणमा लिएको छ ।

त्यस्तै एक हजार ८५० लिटर कच्चापदार्थ समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।

छिमेकी जिल्ला धनुषामा तीन दिनअघि घरेलु विषाक्त मदिरा खाएर छ जनाको मृत्यु भएपछि महोत्तरी प्रहरीले पनि जिल्लामा घरेलु मदिरा उत्पादन, बिक्री वितरण तथा ओसारपसार विरुद्ध आजदेखि अभियान चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट एक सय ३३ जना प्रहरी खटिएर जिल्लाको विभिन्न भागबाट सयौं लिटर तयारी मदिरा तथा कच्चा पदार्थ नियन्त्रणमा लिएको छ ।

त्यस्तै मदिरा बनाउन प्रयोग हुने २४ थान भाँडा तथा ड्रम पनि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कडायतले बताए ।

 

-फाइल फोटो