डा गोविन्द केसीलाई मध्यरातमा जबर्जस्ती उठाइयो - Himal Post Himal Post
  • २८ माघ २०८१, सोमबार
  •      Mon Feb 10 2025
Logo

डा गोविन्द केसीलाई मध्यरातमा जबर्जस्ती उठाइयो



जुम्ला- चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा अनसनमा बसेका डाक्टर गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबर्जस्ती उठाएर अस्पताल लगेको छ ।

करिब पौने एघार बजे प्रहरीले जबर्जस्ती उठाएर उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको डा केसीका सहयोगी स्थानीय युवा महेन्द्र कार्कीले बताए ।

१९ औं सत्याग्रहमा बसेका डा केसीको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै डाक्टरहरुले चिन्ता ब्यक्त गरेपछि अस्पताल लगिएको प्रहरीले स्पष्टिकरण दिएको छ । नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले शनिबार दिउँसो अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए । तर उनी अस्पताल जान मानेका थिएनन् ।

अस्पताल जान नमानेका डा केसीलाई राति नै लछारपछार पारेर प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको डा केसीका सहयोगीहरुले बताएका छन् ।

उनले प्रहरीले अपहरण शैलीमा उठाएकाले कुनै पनि उपचार नलिने बताएका छन् ।

डा केसी मुलुकको स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार माग गर्दै ७ दिनदेखि जुम्लामा अनशनरत छन् । लामो समयदेखि पटकपटक अनशन बस्दै आएका डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको चिकित्सकहरुले बताएका छन् ।