चौतर्फी घेराबन्दीमा परेपछि महतोले सच्याए अभिव्यक्ति: मध्यरातमा निकाले विज्ञप्ति - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

चौतर्फी घेराबन्दीमा परेपछि महतोले सच्याए अभिव्यक्ति: मध्यरातमा निकाले विज्ञप्ति



काठमाडौं- नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति मध्यरातमा सच्याएका छन् । देशव्यापी आलोचनाको शिकार भएपछी उनले अभिव्यक्ति सच्याएका छन् ।

उनले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी समेत गरेका छन् । शनिबार मध्यराति एक विज्ञप्ति जारी गर्दै महतोले कसैलाई भ्रममा नपर्न आग्रह गरेका छन् । महतोले अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ।’

यसअघि उनले बहुल राष्ट्रिय राज्यको बारेमा खुलस्त बताएका थिए । आफ्नो अभिव्यक्ति सच्याउँदै महतोले विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा उनले यो विषय संविधान संशोधनको निम्ति गठित कार्यदलमा राखिने पनि उनले बताएका छन् । सबैतिर तीव्र आलोचना भएपछि उनी चौतर्फी घेराबन्दीमा परेका थिए ।

उनले बंग्याएर गलत प्रचार भएको भनेर वक्तब्य सच्चाए पनि माफी भने मागेका छैनन् ।