ओलीले मध्यरातमा डाकेका थिए आकस्मिक मन्त्रिपरिषद् बैठक - Himal Post Himal Post
  • १७ माघ २०८१, बिहीबार
  •      Thu Jan 30 2025
Logo

ओलीले मध्यरातमा डाकेका थिए आकस्मिक मन्त्रिपरिषद् बैठक



काठमाडौं- मध्यरातमा डाकिएको आकस्मिक मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिश गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद्को बैठकले आगामी कात्तिक २६ र मङ्सिर ३ गते क्रमशः पहिलो र दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्न सिफारिश गरेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दिएको समयमा परेका दुवै दावी खारेज गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए।

सर्वोच्च अदालतले तीन महिना अगाडी पुनर्स्थापना गरेको संसद फेरि बिघटन भएको छ ।